Skip to content
LAXMI SUNRISE BANK

देव विकास बैंक र सेल पेबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार

काठमाडौं – देव विकास बैंक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भर्खरै संचालनमा आएको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ ।
ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट देव विकास बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् भने सेलपे भुक्तानी विकल्प रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK