काठमाडौँ – डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागि विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरुजस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारी छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।
अनलाईन मार्फत सजिलै बिना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानीछानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनाको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागि आफुलाई मनपरेको कुनै एक एड अन प्याकेज छानीछानी लिन सकिन्छ ।
बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनु भएको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४,८०० को सट्टा ४,२००, बेसिक प्लस ५,१०० को सट्टा ४,५००, मिडियम प्लस ५,७०० को सट्टा ४,९९८, सुपर एचडी ६,००० को सट्टा ४,९९९, प्रिमियम एचडी ७,२०० को सट्टा ५,७९९ र लाईफस्टाईल एच.डी १०,८०० को सट्टा ८,४०० मै उपलब्ध हुनेछ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभर रहेका आधिकारिक बिक्रेता, डिलर लगायत सबै डिलरहरुमा उपलब्ध रहेको कमपनीले जनाएको छ ।
फण्ड ट्रान्सफर सेवा, अफर अन्तर्गतका प्याकेज र एड अन प्याकेजको बारेमा विस्तृत जानकारी डिशहोमको आधिकारिक बिक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्