Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।
नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ्ग, एबीबीएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।
त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाता भएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँचप्रतिशत छुट दिने बैंकले जनाएको छ ।
बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको हो । यो योजना एक महिनाको लागि लागू रहने जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK