×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान दिवसको उपलक्ष्यमा ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

संविधान दिवसको उपलक्ष्यमा ग्लोबल आइएमई बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Artha Sarokar

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटीका विभिन्न स्थानमा करिब २ सय रुखका विरुवा रोपेको छ ।
कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत पदाधिकारी, बैंकका अन्य कर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
साथै, बैंकले संविधान दिवसकै अवसरमा आयोजित ¥यालीमा पनि सहभागिता जनाएको छ । र्याली बैंकको कर्पोेरेट कार्यालय देखि सुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन भएको थियो । यससगैं बैंकका मुख्य शाखाहरुमा दीपावली पनि गरिएको छ ।
यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी