काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र नारायणी बयोधा अस्पताल प्रा.लि. बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अंशु शर्माले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट , क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।
बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्