काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउने भएको छ । इन्स्योरेन्सको उक्त हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिए लगत्तै बिक्री प्रक्रिया सुरु हुनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
हाल यसको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याउन लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्