×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाईफले ल्यायो ‘ज्योति थ्री-२० धन बहार’ नयाँ जीवन बीमा योजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ज्योति लाईफले ल्यायो ‘ज्योति थ्री-२० धन बहार’ नयाँ जीवन बीमा योजना

८ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आव २०७५/७६ मा उत्कृष्ट व्यवसाय गर्ने देशभरिका अभिकर्ताहरुको प्रोत्साहन र सम्मान स्वरुप एजेन्सी अवार्डस् नाईट दोस्रो संस्करण २०७६ सम्पन्न गरेको छ ।
दरबारमार्ग काठमाण्डौ स्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनी सञ्चालक समितिका पदाधिकारी, कम्पनीका कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने देशभरका ३०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, ब्राण्ड एम्बेसडर हमाल, संचालक जयन्तकुमार अग्रवाल, कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्रीद्वारा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान पत्र तथा विभिन्न विधाका अवार्डहरु हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा कम्पनीले “ज्योति थ्री-२० धन बहार” नयाँ जीवन बीमा योजनाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । उक्त बीमा योजना अन्तर्गत १२, १५, १८ र २१ वर्ष अवधिको लागि बीमा योजना खरिद गर्न सकिनेछ ।
बीमितले बीमा अवधि भित्र ३ पटक बिमाङ्क रकमको एक तिहाईका दरले रकम फिर्ता प्राप्त गर्नुका साथै बीमा अवधि पश्चात बोनस रकम र अवधि समाप्ति पश्चात २० वर्ष सम्म प्रत्येक वर्ष बीमाङ्कको पाँच प्रतिशतका दरले वार्षिक रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । जसबाट योजना अवधिभरमा र योजना अवधिपश्चात समेत २० वर्षसम्म जोखिम बहन तथा नियमित धनबहार सुनिश्चत गरिएको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: