Skip to content
LAXMI SUNRISE BANK

अव क्रेडिट कार्डको पैसा नतिर्ने पनि कालोसूचीमा पर्ने, कालोसूचीमा परेकाहरुले बैंकमा खाता खोल्नसमेत नपाउने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको पैसा नतिर्ने हरुलाई पनि कालोसूचीमा राख्ने गरी नियम ल्याएको छ भने क्रेडिट कार्डको पैसा नतिरेर वा बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यक्ति तथा फर्म तथा कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोल्न समेत नपाउने भएका छन् । राष्ट्र बैंकले जारीले एकीकृत निर्देशिकाले बैंकबाट क्रेडिट कार्ड लिएर खर्च गरेको ९० दिनसम्म पैसा नतिर्ने व्यक्ति कालोसूचीमा पर्ने भएका हुन् ।
राष्ट्र बैंकको निर्देशिका अनुसार अव कालो सूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ्ग कारोबार गर्न पाउने छैनन् । तर, दैनिक जीवनयापनको लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनको लागि नेपाल सरकारबाट तोकिए बमोजिमको रकमको हदसम्म रकम निकाल्न, नेपाल सरकारलाई बुझाउनु पर्ने कर, शुल्क, दस्तुर आदि तिर्न तथा बैंक वा वित्तीय संस्थाको कर्जा नतिरी कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले ऋण तिर्ने प्रयोजनको लागि मात्र खाता सञ्चालन गर्न यस व्यवस्थाले बाधा नपुग्ने बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK