×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको ओडी कार्ड सेवा शुरु

GLOBAL IME BANK

कामना सेवा विकास बैंकको ओडी कार्ड सेवा शुरु

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गते देखि सेवा शुरु गरेको छ ।
बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब बैंकका ग्राहकहरुले उक्त ओडी कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: