
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारको छुट योजना ल्याएको छ । बैंकले बैंकिङ कारोबार सुरु गरेको १९ वर्ष पूरा गरी २०औं बर्षमा प्रवेशको अवसरमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखामार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो ।
बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नुका साथै डिम्याट खाता तथा मेरो सेयर खाता नि : शुल्क रुपमा खोलिदिनेछ । यस्तै देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशतसम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढिको समूहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आईएनआररयुएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुटलगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना १३७ वटा शाखाहरु, १६० वटा एटीएम, १२८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २६५ स्थानबाट बैंकिङ सुबिधा प्रदान आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्