Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठद्वारा उद्घाटन

अर्थ सरोकार

ठमेल

काठमाडौँ – महालक्ष्मी विकास बैंक लि.ले सेवा विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. २९, ठमेलमा शाखा कार्यालय उद्घाटन गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ शुक्रबार उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक शेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ।
बैँकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखाविस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK