Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

अर्थ सरोकार

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्ने हेतुले नेपालक्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग मिति २०७६/०५/१० गते एक सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता पत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
देशका ९९ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK