×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एटिएमबाट चोरी, विदेशमा हुने ठगी र यी हुन् विचार गर्नुपर्ने बुँदाहरु…’ बैंकर मनोज ज्ञवालीको लेख

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार

PRIME CA
laxmi sunrise bank

‘एटिएमबाट चोरी, विदेशमा हुने ठगी र यी हुन् विचार गर्नुपर्ने बुँदाहरु…’ बैंकर मनोज ज्ञवालीको लेख

भर्खरै केहि चिनियाँहरुले नेपालमा एटिएमलाई प्रयोग गरेर चोरी गर्ने प्रयास गरे । यो ठगीले ग्राहकहरुको खातामा कारोबार नगराई सिधै नेप्सेलाई भिसासँग सम्पर्क गरेर यहाँका केहि बैंक र भारतबाट समेत गरेर लगभग रु.३.७ करोड रुपियाँ निकालिसकेपछि ग्राहकहरुलाई सिधै नोक्सानी नभएता पनि नेपालका लगभग ७० लाख कार्ड प्रयोगकर्तामध्ये नेप्सका १८वटा सदस्य बैंक तथा बित्तीय संस्थाका लगभग २० लाख कार्ड प्रयोगकर्ताहरु चाहिएको अवस्थामा पैसा निकाल्न पाएनन् । अहिले सम्मपनि नेप्सका सदस्यहरुले आफ्नो बैंकहरुको एटिएमबाहेकबाट बाहेक अरु बैंकको एटिएमबाट पैसा निकाल्न पाईदैन । कार्डहरु लिएर बिदेश गएका ग्राहकहरुले अझै समस्याहरु झेल्नु पर्यो ।
१. भिसाको चारवटा नेटवर्कमध्ये Nabil Bank, Himlayan Bank र Investment bank को switch मार्फत हुने VISA को सबै कारोबार यथावत चलिरहेको छ भने NEPS को switch मार्फत जारी VISA कार्डहरु आफ्नो बैकको ATM मा मात्रै चलेको छ ।
2. Forensic Report को लागी आएको अनुसन्धान समूहले प्रारम्भिक प्रतिवेदन दिएर फर्केको छ । जसमा खास कुनै कारण पत्ता लागेको अवस्था छैन । पूरा प्रतिवेदन दिन ९० दिन लाग्छ । त्यो बेलासम्म भिजाले नेप्सकोको स्वीचलाई access अहिलेकै अवस्थामा दिंदैन । यसैले NEPS ले alternative switch को लागि हार्डवेर लिईसफ्टवेर र networking मा काम सकिसकेर आज नै NEPS ले data हरु नयाँ network मा data migration सक्दैछ । VISA संग authentication लिएर छिट्टै card हरु पुर्ववत रुपमा चल्नेछन्।
यो घटनालाई लिएर कार्ड तथा बैकिङ सम्बन्धमा नकारात्मक धारणा प्रस्तुत गर्न वा बनाउन जरुरी छैन तर सचेत हुन जरुरी छ । बिदेशमा यस्तो घटना कति धेरै अनी ठूलो परिमाणका छन। जस्तै:
१. .UK मा 32,000 नक्कली credit card हरु बनाई रु २.५ अरब बराबर को ठगी सन् २००० तिरै भएको थियो।
२. अनुप पटेल भन्ने एकजना computer science को बिधार्थीले 20,000 card हरुको डाटा चोरी गरेर रु. ३६ करोड भन्दा बढि पैसा निकाल्यो ।
३. Taret मा malware पठाएर Hackersहरुले सन् २०१३मा लगभग ७ करोड कार्डहरुको सबै तथ्यांक लिन सफल भयो । यसमा नोक्सानको आकडा रु २.३ खर्ब बराबर गरियो ।
४. TJX को systemलाई ह्याक गरेर लगभग ४ करोड कार्ड प्रयोग गरी रु १.१ खरब बराबरको चोरी गरे । उक्त कम्पनीले फायरवाल प्रयोग नगरेकोले ह्याकर्सहरु सिष्टमभित्र छिरे । 
५ . Best western Hotel chain को system मा छिरेर hackers हरुले लगभग रु ४.५ खर्ब बराबर चोरी गरे।
यसरी बिदेशमा भएका बर्षे नि खर्वौँ खर्ब बराबरका फ्रडहरु भन्दा नेपालमा भएको फ्रडको नोक्सान निकै कम हो र चोरहरु तत्कालै पत्ता लागेर पुलीसले नियन्त्रणमा नै लिइसक्यो । अहिलेसम्म कुल रु ३.७ करोडजतिको चोरी भएको प्रारम्भिक अनुमान छ भने लगभग रु १.६ करोड बराबर बरामद भएको छ ( 2 ठमेलका moneychanger को रु. २९ लाख सहित) । बैकहरुको 24 hour monitoring system, छुट्टिको दिनमा समेत suspecious transaction मा बैंकका अधिकृतहरुको चनाखोपन र प्रहरीको तत्काल कारवाहि ले गर्दा नोक्सान धेरै हुन पाएन भने चोरी गर्दागर्दै चोरहरु पक्रिनु निकै ठूलो सफलताको रुपमा लिनुपर्छ अनि सिक्नुपनि पर्छ ।

निम्न केहि बुंदाहरुमा छलफल हुनुपर्ने देखिन्छ:
१. Card र IT system को security साथै upgradation को लागि बैकहरु अझै चनाखो हुनुपर्नेछ ।
२. बैकहरुले आफ्नो Hardware, software र server को security अनि upgradation को लागी थप खर्च गर्ने गरी capital budgeting गर्नेपर्ने देखियो ।
३. ATM, Card र IT system को Audit र system review गरेर security ensure गर्नुपर्यो ।
४. RMC र BOD मा समेत IT र Card को अवस्था, सम्भावित जोखिम र लिनुपर्ने उपायहरुको बारेमा बिस्तृत छलफल हुनुपर्ने देखिन्छ । 
५. ATMहरुमा physical security पनि थप गर्नु पर्ने हुनसक्छ । सकेसम्म एउटै ठाउमा बैंकका ATM हरु लहरै राखेर खर्च गर्नु भन्दा ATM को access जुनसकै बैकमा पनि free of cost हुने गरी ग्राहकलाई सेवा दिने, यसरी सेवा दिने बैकलाई equipement handling and cash handelling charge अरु बैकले तिर्ने तथा यसबाट बचेको पैसा system security मा खर्च गर्न सके बैकिङ र card को साख अझै बढ्छ ।
६. प्रविधिको प्रयोगसँगै जोखिम पनि बढ्छ । हामीहरु देखासिकी र प्रतिस्पर्धामै सबै technology र payment system लिईहाल्छौ अनि सकेसम्म सस्तो प्रयोग गर्न पनि खोज्छौ । यसको जोखिमहरुको बारेमा पर्याप्त छलफल र विश्लेषण जरुरी छ।
७. आजकल नेपाली बैकहरुले internationally valid credit card, prepaid card हरु पनि प्रयोगमा ल्याईसकेको हुँदा Internal control system, regular reconcilation, IT and System Audit सम्बन्धमा धेरै छलफल गरी plan गर्न जरुरी छ।
८. System को security, access, IT personal तथा IT अनि Card मा काम गर्ने कर्मचारीहरुलाई training साथै उनीहरुको role checking मा धेरै छलफल र सुधार हुन जरुरी छ ।
जय होस, शुभ होस!!
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: