Skip to content
LAXMI SUNRISE BANK

जेन-जी आन्दोलनका सहित परिवार र घाइतेलाई गाडी किन्दा शतप्रतिशत कर छुट !

अर्थ सरोकार

काठमाडौँ । जेन-जी आन्दोलनका सहिद परिवार र घाइतेलाई गाडी किन्दा कर छुट दिइने भएको छ । सरकारले जेन-जी आन्दोलनका सहिद र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि गाडी खरिद गर्दा शतप्रतिशत कर छुट दिने निर्णय गरेको हो । 

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारको उक्त निर्णयबारे जानकारी दिएको छ । 

नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम दिइने उक्त छुटमा १५ लाख मूल्यसम्मका पेट्रोल-डिजेल वा कारोबार मूल्य २० लाख मूल्य बराबरका विद्युतीय गाडी खरिद गर्दा लाग्ने करमा पूर्ण छुट दिइनेछ ।

तर, हिउँमा यात्रा गर्न बनेका गाडी, गल्फ कार र यस्तै गाडी तथा भन्सार शीर्षक ८७.०३ अन्तर्गतका स्टेसन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका गाडी खरिदमा उक्त छुट नपाइने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त छुट सुविधा चालु आर्थिक वर्षका लागि मात्र मान्य हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK