काठमाडौं – मुक्तिनाथ विकास बैंक र ई–सेवा बीच यस बैंकको खाता ई–सेवा मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सक्नेछन्। यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोबाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ ।
यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा ई–सेवा को तर्फबाट ई–सेवा का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका थिए।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको बहार’ अभियान सञ्चालन गरेको छ ।
विकास बैंक लि.ले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्