×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

PRIME CA
GLOBAL IME BANK

नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

१५ भाद्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बालले गरेका हुन् ।
एनबीआईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौता भएको थियो ।
बैकिंग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेडबीच भएको यस समझदारीबाट बैंकको मानव पुंजीलाई अझ बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।
उक्त समारोहमा बैकको मानव श्रोत व्यवस्थापन विभागका प्रमुख दिपेन्द्र राज काफले र नेपाल बैक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्याल तथा एनविआईका वरिष्ठ अधिकृत दर्पण श्रेष्ठ लगायतको उपस्थिति थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: