Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट बैंक र पशुपति क्षेत्र विकास कोषबीच भेटी संकलनमा सहकार्य

अर्थ सरोकार

काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक र पशुपति क्षेत्र विकास कोषबीच भेटी संकलन सम्बन्धी सहमति भएको छ । पशुपतिनाथको मन्दिर र मन्दिर प्राङ्गण रहेका देवी देवतालाई भक्तजन तथा तीर्थयात्रीद्वारा दानपत्र वा भेटीपत्रमा चढाईने भेटी, चन्दाहरु बैंकिङ्ग प्रणालीद्वारा संकलन तथा गणना गरी कोषका नाममा रहेको बैंक खातामा जम्मा गरी भेटी रकमलाई व्यवस्थापन गर्ने सहमति भई सुरुवात भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK