
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सेवा सुचारु भएको छ । चिनियाँ ह्याकरको आक्रमणपछि नेप्स अन्तर्गतका १८ बैंकको कार्ड सेवा अवरुद्द भएको थियो । करिब २ सातापछि मात्र उक्त सेवा सुचारु भएको हो ।
सो सेवा सुचारु भएसँगै नेप्स अन्तर्गतका बैंकहरुको कार्ड जुनसुकै पस मेसिनबाट पनि चल्नेछन् । हाल नेप्समा बैंक अफ काठमाण्डू, सिटिजन्स, देव विकास, एपेक्स डेभपलपमेन्ट, ग्लोबल आइएमइ, जनता, ज्योति विकास, लुम्बिनी विकास, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनआइसी एसिया, ओम डेभलपमेन्ट, प्रभु, प्राइम, साङ्ग्रिला, शाइन रेसुङ्गा, सनराइज र सिद्धार्थ बैंक आबद्ध रहेका छन् ।
केही दिनअघिसम्म जुन बैंकको कार्ड हो त्यही बैंकको एटिएम बुथमा मात्र चल्ने बनाइएको थियो । अब भने भिजाको नेटवर्कमा पनि कार्ड चल्नेछ। तर कार्ड पस मेसिनहरुमा मात्र चल्नेछ । अहिलेलाई भिजाको नेटवर्क बैंकको एटिएमबाट पैसा झिक्न भने मिल्दैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्