काठमाडौं – नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)देखि नयाँ नोट साट्न सुरु गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही हुनेछ । नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन ।
नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ भने कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्