×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाले थप तीन सहायक कम्पनी खोल्ने, सुन र रेमिट्यान्स कारोबारमा आक्रामक बन्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशियाले थप तीन सहायक कम्पनी खोल्ने, सुन र रेमिट्यान्स कारोबारमा आक्रामक बन्दै

३ आश्विन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले थप तीन सहायक कम्पनी खोल्ने भएको छ । यूनिभर्सल बैकिङ अवधारणा अनुरुप बैंकले प्रदान गरिरहेको बैकिङ सेवा सुविधालाई थप वृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्नको लागि सहायक कम्पनीहरु खोल्न लागेको बैंकले जनाएको छ ।
बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्न, सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गर्न र क्रेडिट रेटिङ सेवा सञ्चालन गर्न सहायक कम्पनी खोल्न लागेको हो । यसअघि बैंकले एनआईसी एशिया क्यापिटल नामको सहायक कम्पनी खोली पुँजी बजारसम्बन्धि विविध काम गर्दै आएको छ ।
सहायक कम्पनी दुई मोडलबाट खोल्न राष्ट्र बैंकसँग प्रस्ताव गर्ने र राष्ट्र बैंकको स्वीकृतिको आधारमा कम्पनी खोल्ने बैंकले प्रष्ट पारेको छ । ‘कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानीमा पनि यस्ता सहायक कम्पनी खोल्न सक्छौं । बैंकको मात्र लगानीमा पनि सहायक कम्पनी खोल्न सक्छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
सहायक कम्पनी खोल्न सम्बन्धि प्रस्ताव आगामी साधारणसभाबाट पेस गरिने र साधारणसभाले अनुमोदन गरेपछि तत्काल कार्यान्वयनमा लैजाने बैंकले जनाएको छ । सहायक कम्पनी सञ्चालनसँगै रेमिट्यान्स र सुन कारोबारमा बैंक आक्रामक बन्ने भएको छ ।
बैंकले असोज १० गते साधारणसभा गर्दैछ । साधारणसभामा सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने मुख्य प्रस्ताव छ । त्यसमा ११ प्रतिशत नगद लाभांश दिने र १० प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: