Skip to content
LAXMI SUNRISE BANK

शाखा विस्तारमा अघि बढ्दै एनआईसी एशिया बैंक, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

अर्थ सरोकार

काठमाडौं – एनआईसी एशिया बैंकको ३ नयाँ शाखा सञ्चालन गरेको छ। उक्त शाखाहरु सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका छन् ।
कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK