×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकले ल्यायो एकैसाथ चार नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

चितवन

काठमाडौँ – एनआईसी एशिया बैंकको चार नयाँ शाखा र एक शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि सञ्चालनमा आएको छ ।
रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरिन् । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले उद्घाटन गरे ।
चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित भण्डारा शाखाको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले उद्घाटन गरे ।
साथै काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ काँडाघारीस्थित काँडाघारी शाखाको बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख वन्दना पोखरेल उद्घाटन गरेकी हुन् ।
यसैगरी, झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ३ को पथरिया नयाँबजारमा बैंकको ४२औंं शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि संचालनमा आएको छ । बैंकले संचालनमा ल्याएको पथरिया नयाँबजार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कचनकवल शाखाका शाखा प्रबन्धक प्रविण खड्काको उपस्थितिमा सम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरिप्रसाद दंगाललाई नियुक्त गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: