Skip to content
LAXMI SUNRISE BANK

सल्यानको श्रीनगरमा पुग्यो एनआईसी एशिया बैंकको शाखा, मेयर सुरेश अधिकारीद्वारा उद्घाटन !

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् ।
यस बैंकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
हालसम्म बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK