Skip to content
LAXMI SUNRISE BANK

उच्च अदालत पाटनमा एनआईसी एशिया बैंककोको विस्तारित काउण्टर सञ्चालन

अर्थ सरोकार

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र उच्च अदालत पाटनको तर्फबाट अदालतका रजिष्ट्रार बाबुराम दाहालले हस्ताक्षर गरेका छन् ।
उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले विश्वास लिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK