
काठमाडौँ । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोबार असोज ११ गते शनिबारदेखि हुने भएको छ । एनएमबि बैंकले असोज १ गते नै ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।
यी दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए ।
राष्ट्र बैंकबाट पाएको अन्तिम स्वीकृतिसँगै असोज ११ गते एनएमबि बैंक कै नामबाट कारोबार हुने भएको छ। हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्