काठमाडौं – पञ्चकन्या ग्रुपले आफ्नो ४७औं वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाइल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभिइक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी राम्रो कार्य गर्ने कर्मचारीहरुलाई पनि प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पञ्चकन्याको विगत र हालसम्मको औद्योगिक यात्रा तथा बजारमा निरन्तर गुणस्तरीय उत्पादन ल्याउन सक्षम रहेको बारे आफ्नो अनुभव बताए भने अन्य संचालकहरुले आफ्नो संलग्नता र ग्रुपको उद्देश्य, दर्शन, भावी कार्य योजना, मूल्य मान्यता र हासिल गरेका उपलब्धीहरु बारे मन्तव्य व्यक्त गरेका थिए ।
साथै कम्पनीको इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ हुन सफल भए .
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्