Skip to content
LAXMI SUNRISE BANK

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, विनोद र्अयालद्वारा उद्घाटन

अर्थ सरोकार

उर्लाबारी

काठमाडौं – प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा असोज ०२ गते उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त स्थापित एक्स्टेन्सन काउण्टरको ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले उद्घाटन गरेका हुन् ।
मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्ययनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK