काठमाडौं – प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भाद्र १६ गते कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवाली र त्यसैगरी कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोही दिन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा एक समारोहका विच समुद्घाट्न गरेका हुन्।
प्रभु बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । रौतहट तथा नवलपुर जिल्ला स्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंक लिमिटेडले मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै तीनै वटा मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । प्रभु बैंकका तीनै वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरुबाट प्रवाह हरने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्