काठमाडौँ – रिलायबल नेपाल लाइफइन्स्योरेन्स लिमिटेडले आवधिक धनफिर्ता योजना ‘रिलायबल समुन्नति जीवन बीमा योजना’ प्रचलनमा ल्याएको छ । कम्पनी स्थापनाको दोश्रो बर्ष पूरा गरी तेश्रो बर्ष प्रवेश गरेको अवसरमा उक्त योजना प्रचलनमा ल्याएको हो ।
उक्त योजना अन्तर्गत बीमितको ईच्छा अनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त हुनेछ । बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टान गरी पूरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
बीमाअवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बाँकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाई भुक्तानी दिइने जनाइएको छ । यस योजनामा पाँचवटा ऐच्छिक सुबिधाहरु-बीमा शुल्क छुट सुबिधा, पुर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्यु लाभ, घातक रोग सुबिधा तथा अस्पताल नगद सुबिधा समेत थप गरी लिन सकिनेछ ।
यस योजनाका साथ साथै कम्पनीले म्यादी, सावधिक र आजीवन बीमा अन्तर्गत विभिन्न आकर्षक योजनाहरु प्रचलनमा ल्याई सकेको कर्पोरेट मार्केटिङ प्रबन्धक युवराज शर्माले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्