काठमाडौं – सगरमाथा इन्स्योरेन्सको बोनस सेयर प्राप्त गर्न सेयरधनीहरुले बोनसमा लाग्ने कर रकम जम्मा गर्नु पर्नेछ । कम्पनीले गत असार १३ गते बसेको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ८६% बोनस सेयर दिने निर्णय पारित गरेको थियो । यही पारित भएको बोनस सेयर प्राप्त गर्नको लागि सेयरधनीहरुले बोनसमा लाग्ने कर तिर्न पर्ने हो । सेयरधनीले उक्त कर ग्लोबल आइएमई बैंकको खाता नं. ०१०१०१०००५२६४मा तिर्न सक्नेछन् । कर बुझाएपछि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ ।
बोनसमा लाग्ने करको विवरण www.globalimecapital.com / www.sagarmathainsurance.com वा कम्पनीको शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । यस्तै, कम्पनीले असोज २ गतेसम्म कर जम्मा गरिसकेका सेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ । हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीलाई पनि डिम्याट खाता खोल्न आग्रह गरेको छ । अनिमात्र बोनस सेयर सम्बन्धीत सेयरधनीको खातामा जम्मा हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्