Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा धादिङ्गको बागेश्वरी मा.वि.मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले यही भाद्र २० गते गल्छी –६, धादिङ्ग स्थित बागेश्वरी मा.वि.को प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजन गरेको छ । उक्त कार्यक्रमको संचालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरब काफ्लेबाट भएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरताको पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ ।
यस बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आईरहेको यस बैंकले आफ्ना देशमा विद्यमान ८७ ओटा शाखा कार्यालयहरुबाट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयहरुमा बैंकिङ्ग सचेतनामुलक कार्यकमहरु गर्दै आईरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK