×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ३ नयाँ शाखा कालोपुल, नरदेवी र दुधौलीमा, शाखा सञ्जाल १६६ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ३ नयाँ शाखा कालोपुल, नरदेवी र दुधौलीमा, शाखा सञ्जाल १६६ पुग्यो

२४ भाद्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सिन्धुली

काठमाडौं – सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सोमबार काठमाडौँको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएम र १ हजार ५ सय भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: