काठमाडौं – सनराइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालक गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रामेछापको मान्थलीमा १२२ औं शाखा संचालनमा ल्याएको छ। विहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।
सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए. टि. एम. को उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरुमा संचालन गर्ने योजना रहेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्