×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टिप्स : मनोज ज्ञवाली र सुरेन्द्र पौडेलको सक्सेस मन्त्र, ‘धैर्यता राख्नुहोस्’, सन्जय शाह भन्छन्, ‘२-४ महिनामै जागिर नछोड्नू’


काठमाडौँ । नेपाली सिए क्षेत्रमा थुप्रै स्वयमसेवी काम गरिरहेको वीक्यान नेपालले चार्टड एकाउन्टेन्टहरुसँग अन्तरक्रिया गरेको छ । शनिबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा भएको उक्त कार्यक्रममा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, बरिष्ट चार्टड एकाउन्टेन्ट भरत रिजाल, ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली, वर्ल्ड लिंकका सिएफओ संजय कुमार शाह, र निल सारु वक्ताको रुपमा रहेका थिए भने कार्यक्रममा आइक्यानका अध्यक्ष, आइक्यानका उपाध्यक्ष, एक्यानका अध्यक्ष लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए।

‘धैर्यताको गोटी खानुहोस्’: सुरेन्द्र पौडेल, प्रबन्ध निर्देशक, नेपाल आयल निगम 
नेपाल आयल निगमका प्रबन्ध निर्देशक सिए सुरेन्द्र पौडेलले पछिल्लो समय सिएहरुमा धैर्यता राख्ने क्षमताको कमि भएको बताउँदै ‘धैर्यताको गोटी’ खान सबै सिएहरुलाई अनुरोध गरेका छन् । आफ्ना अनुभवहरुसमेत सुनाउँदै उनले धैर्यता नै सफलताको मूल मन्त्र भएको स्मरण गराएका छन् । ‘सफलताको मूल सुत्र भनेकै धैर्यता हो । कुनै ठाउँमा ३-४ महिना काम गरेर अर्को ठाउँमा गइहाल्नु राम्रो होइन । जागिर गर्ने कि प्राक्टिसमा आउने भन्ने विषय पहिला नै निर्धारण गर्नुपर्छ ।’ सिएहरुलाई सुझाव दिंदै उनले भने, ‘सकेसम्म सरकारी जागिर खानुहोस्, नसकेपनि धैर्यता नगुमाउनुहोस्, विदेशचाहीं नजानुहोस्’

जहाँ पायो त्यहिं जागिर अप्लाई नगर्नुहोस् : सिए मनोज ज्ञवाली, सिइओ, ज्योति बिकास बैंक लिमिटेड 

ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीले पछिल्लो समय सिएहरुले जहाँ पायो त्यहिं जागिरको लागि आवेदन दिने गरेको र तयारी पनि सोहि अनुसार नगर्दा सम्पूर्ण पेशाकै इज्जत घट्ने डर भएको बताएका छन् । ‘सिएहरुमाथि अपेक्षा ठुलो हुन्छ । तर तपाईंहरु तयारी नै नगरी आइदिनुहुन्छ । जहाँ पायो त्यहीं आवेदन दिनुहुन्छ । यसले समग्र बजारमा सिएको ओझ घटाएको छ । दुई चार महिना बरु काम नगर्नुहोस्, जहाँ पायो त्यहीं आवेदन नदिनुहोस् । जहाँ दिनुहुन्छ, तयारी गर्नुहोस् । तयारी गरेर मात्र अन्तर्वार्तामा जानुहोस् ।’ उनले भने ।

‘तीन-चार महिना काम गरेर अर्को संस्था चाहार्ने क्रम बढ्यो’ : संजय शाह 

यता वर्ल्ड लिंकका सीएफओ संजय शाहले दुइचार महिना एक ठाउँमा काम गरेर अर्को ठाउँ चाहार्ने प्रवृति बढेकाले सिएहरुलाई हेर्ने नजर नै फरक परेको बताएका छन् । उनले काम सुरु गरेपछि आफ्नो संस्था प्रति न्याय गरेमात्र त्यसले राम्रो रिटर्न दिनेसमेत स्पष्ट पारेका छन् । ‘हामीले वर्ल्ड लिंकमा सेमी क्वालिफाईड राखेका थियौं । उहाँ पास हुनुभयो, ३ महिना नपुग्दै एनआइसी एशिया बैंक जानुभयो । यस्तो गर्नु ठिक होइन । संस्थाले तपाईंहरुलाई लगानी गरेको हुन्छ, सिक्ने ठाउँ अझै बाँकी हुन्छ । हतारमा निर्णय गर्नु राम्रो होइन’ उनले भने ।

‘एस्पोजर अनुसार काम नपाए हाम्रो फर्ममा आउनुहोस्’ : निल सारु 

यता चार्टड एकाउन्टेन्ट नील बहादुर सारु मगरले प्राक्टिसमा अझै पनि भविष्य रहेको बताउँदै राम्रो सिए फर्मको अवधारणा ल्याए जो कोहि पनि सफल हुने दावी गरेका छन् । साना काममा नअल्झिन सिएहरुलाई सुझाव दिंदै उनले भने, ‘साना काममा अल्झिनु राम्रो होइन । ठुलो सोच्नुपर्छ । नेपालमा अझै पनि ठुला सिए फर्महरुको खाँचो छ ।’ एक्स्पोजर एकातर्फ र काम अर्कोतर्फ भएको गुनासो सिएहरुबाट आएपछि उनले भने, ‘त्यसो भएको हो भने हाम्रो सिए फर्ममा आउनुहोस् । हामी तपाईंको एक्स्पोजर अनुसार काम दिन्छौँ ।’  उक्त कार्यक्रममा सिए भरत रिजाल मोडरेटरका रुपमा रहेका थिए । साथै उक्त कार्यक्रममा उपस्थित अथितिहरुले पनि आफ्नो धारणा राखेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: