Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता

अर्थ सरोकार

काठमाडौं – कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरांगाईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक (एनसिविएल) सँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ ।
उक्त अवसरमा कृषि विकास बैंकका का.मु. उप-महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने ध्रुव चन्द्र गौतम र दिर्घ बहादुर अर्याल , विभागीय प्रमुखहरु पप्पुबाबु श्रेष्ठ, बासु अधिकारी शाखा प्रमुख भोला नेपाल र राष्ट्रिय सहकारी बैंकको तर्फबाट अन्य प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK