×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विक्ली एग्रीमेन्ट रिपोर्ट : पछिल्लो साता कुन बैंकले कुन कम्पनीसँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विक्ली एग्रीमेन्ट रिपोर्ट : पछिल्लो साता कुन बैंकले कुन कम्पनीसँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

१ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले विभिन्न बैंकले विभिन्न कम्पनीसंग सम्झौता गर्ने गर्द छन् । यस्तै पछिल्लो सातामा मात्रै भएका सम्झौताहरु यी हुन् । 
एनआईसी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले वल्र्डलिंकको इन्टरनेट बिल डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% वा ३०० रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहने समेत बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।
कुमारी बैंक लिमिटेड र देशकै पहिलो LP ग्याँस आयातकर्ता एवं विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी सहकार्य भएको छ । सो सहकार्य पश्चात् नेपाल ग्याँसका वितरकहरुले आफ्नो आम्दानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत आफ्नो बैंक खातामा सहज रूपमा संकलन गर्न सक्नेछन् ।
सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा नेपाल ग्याँस ईन्डष्ट्रीजका कार्यकारी निर्देशक गोकुल भण्डारीले हस्ताक्षर गर्नुभयो । उक्त सहकार्य पश्चात् नेपाल ग्याँसका आधिकारिक विक्रेताहरूका लागी कुमारी बैंक लिमिटेड आधिकारिक पेमेन्ट पार्टनर हुनेछ । सो पश्चात् कुमारी बैंकका ग्राहकहरूले प्रत्येक नेपाल ग्याँस खरिदको भुक्तानीमा रू ५० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
ग्याँस सिलिन्डर खरिद विक्रीको भुक्तानी कुमारी बैंकको क्यू आर पेमेन्ट प्रणाली मार्फत भएको खण्डमा मात्र उक्त क्यासब्याक सुविधा लागु हुनेछ । यसैगरी, कुमारी बैंकले नेपाल ग्याँसका वितरकहरूलाई क्यू आर पेमेन्ट प्रणाली लगायत बचतको बानी तथा बैंक खाता सञ्चालन सम्बन्धी आधारभूत प्रशिक्षण पनि दिएको छ । उक्त क्यासब्याक सुविधा सम्झौता कार्तिक १ गते देखि लागु हुनेछ ।
एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका भीषा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट प्रदान गरिनेछ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेस प्रालिको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
युनाइटेड फाइनान्स लिमिटेड र एस् वी. सोलुसन्स् प्रा.लि.बीच आन्तरिक कर्जा प्रक्रियालाई डकुमेन्ट मेनेजमेन्ट सिस्टमद्वारा अटोमेसन र डिजिटाजेसन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाइटेड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी. सोलुसन्स् प्रा.लि.का अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका हुन् ।
अब बैंकले सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ । यसरी, युनाइटेड फाइनान्स लि.ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरी ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्ने छन् । 
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेज्यू र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गरे। यस योजनाबाट ग्राहक हरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्ने र डिजिटल भुक्तानीलाई थप प्रवर्धन हुने विश्वास बैंकले जनाएको छ ।
कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गुरांगाईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक (एनसिविएल) सँग आबद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: