काठमाडौं – बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले लाभांश घोषणका साथै वार्षिक साधारण सभामा पनि बोलाएका छन् । दुवै कम्पनीको साधारणसभा कात्तिक २८ गते हुने भएको छ । सभामा बोटलर्स नेपाल (तराई) ले ४०% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । तर बोटलर्स नेपाल (बालाजु) ले भने लाभांश सम्बन्धी कुनै एजेन्डा बनाएको छैन ।
दुवै कम्पनीको वार्षिक साधारण सभा होटल अन्नपूर्ण, दरबारमार्ग काठमाडौंमा बस्नेछ । तराईको सभा बिहान ११ बजे र बालाजुको अपराह्न ४ बजे सुरु हुनेछ । साधारण सभा गर्न दुवै कम्पनीले कात्तिक १४ देखि २८ गतेसम्म बुक क्लोज गर्नेछन् । कात्तिक १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांशको हकदार बन्न पाउनेछन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्