×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

२९ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ ।
उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो ।
कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित दर्शकहरुबीच लक्की ड्र सञ्चालन गरिएको थियो । जस्को बिजेता जयबहादुर थापा भएका थिए । थापाले उपहार स्वरुप सामसुङको ३२ इञ्चको टीभी प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।
नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ ।
सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: