काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १६.३३% वृद्धि भएको छ । गत वर्ष २ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष बढाएर २ करोड ६८ लाख ३८ हजार रुपैयाँ कमाएको छ ।
यस्तै, यो कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: १३.८७% र १६.३३% बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ४ करोड २४ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ७३ लाख ५ हजार रुपैयाँ कमाएको थियो । यता, सञ्चालक नाफा भने ३ करोड ६२ लाख ५३ हजार रुपैयाँबाट बढेर ४ करोड २३ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ।
यो पहिलो त्रैमासमा कम्पनीको चुक्ता पुँजी १७%ले बढेर ८० करोड ७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । जगेडा फन्डमा १३ करोड ४९ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्