×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सम्झौता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सम्झौता

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अल बिलादबीच रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भ भएको छ । साउदी अरबको बैंक अल बिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो ।
अबदेखि सेवाग्राहीले साउदी अरबको बैंक अल बिलादको १८० भन्दा बढी शाखा तथा काउन्टरमार्फत नेपालमा सहजरुपमा रकम पठाउन तथा ग्लोबल आइएमई बैंक, आइएमई तथा जीएमईका नेपालभर रहेका १५,००० भन्दा बढी एजेन्टहरु मार्फत रकम प्राप्तगर्न सक्नेछन् । बैंक अल बिलादको ईन्जाज रेमिट्यान्स नामक प्रसिद्ध रेमिट प्रोडक्ट रहेको छ । साउदी अरबका लागि नेपाली राजदुत प्राडा महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुवै बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा बोल्दै राजदुत सिंहले ग्लोबल आइएमई बैंक र बैंक अल बिलादबीचको सहकार्यले साउदीबाट नेपालमा रकम पठाउन सहज हुने बताउँदै नेपालमा साउदी लगानी भित्र्याउन समेत सहयोग पुग्ने बताए । उनले बैंकहरुको सहकार्यबाट दुई देशबीचअन्य क्षेत्रमा समेत सहकार्य गर्न ढोका खुलेको बताए ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुई ठूला बैंकको सहकार्यबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज हुने बताए । रेमिट्यान्स सेवालाई सहज बनाउन बैंक प्रतिबद्ध रहेको बताउँदै उनले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट पठाउँदा राष्ट्रलाई फाइदा पुग्ने बताए ।
यी दुई बैंकबीच गत जेठ १३ गते यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा बैंक अल बिलादका महाप्रबन्धक ओमार अलहुसेनले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: