
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको आज (बिहिबार) देखि २० लाख युनिट ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले कुल २० लाख युनिट ऋणपत्रमध्ये ८ लाख युनिट ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो भने ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी १२ लाख युनिट बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बिक्री गर्ने भएको हो ।
वार्षिक १० प्रतिशत ब्याजदर पाइने उक्त ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘१०% लक्ष्मी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ । बैंकको उक्त ऋणपत्रमा छिटोमा असोज २७ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक मात्रामा बिक्री नभएमा कात्तिक २२ गतेसम्म भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्