×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ बैंकको १ करोड ४१ लाख १३ हजार कित्ता सेयर सूचिकृत, कुनको कति ?

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा २ बैंकको १ करोड ४१ लाख १३ हजार कित्ता सेयर सूचिकृत, कुनको कति ?

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको १ करोड ४१ लाख १३ हजार २७८.१९ कित्ता सेयर सुचिकृत भएको छ । बुधबारको कारोबारमा प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको सेयर सूचिकृत भएको हो। 
नेप्सेमा प्राइम कमर्सियल बैंकको १ करोड २८ लाख ५३ हजार २७८.१९ बोनस सेयर रहेको छ । प्राइमले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकको १२ लाख ६० हजार कित्ता सेयर थप भएको छ । हाथवे फाइनान्सलाई एक्वायर गरेपछि ग्लोबलको नामबाट १२ लाख ६० हजार कित्ता सेयर सूचीकृत गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: