×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

Artha Sarokar

२३ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते (शनिबार) नेपाल भ्रमणमा आउने भएका छन् । बुधबार नेपाल र चीन दुबै देशका परराष्ट्र मन्त्रालयले सीको नेपाल भ्रमणबारे जानकारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी २५ गते नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । सोही क्रममा सीले नेपालका वरिष्ठ नेताहरूसँग भेट गर्ने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ भने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने पनि बताईएको छ ।
यता त्रिभुवन अन्तरराष्ट्रय विमानस्थलदेखि तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकृत खटिनुका साथै बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ । सीलाई सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी