×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाबहिलबाट १२ लाख बराबरको अवैध सुनसहित दुई पक्राउ !

PRIME CA
GLOBAL IME BANK

चाबहिलबाट १२ लाख बराबरको अवैध सुनसहित दुई पक्राउ !

१५ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ अवैध सुनसहित पक्राउ गरेको हो ।
उनीहरुसँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाइएको छ । 
त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: