काठमाडौँ – एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी प्रा.लि.बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्ने छन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेज्यू र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गरे। यस योजनाबाट ग्राहक हरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्ने र डिजिटल भुक्तानीलाई थप प्रवर्धन हुने विश्वास बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्