काठमाडौँ – एनआईसी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दशैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको देशभर रहेका विभिन्न शाखाहरु खुल्ला रहने छन् । जस अनुसार असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।
त्यसैगरी असोज १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ ।
असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयहरु खुला रहनेछन् ।
असोज २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्ला रहने जनाइएको छ ।
खुल्ला रहने शाखाहरुमध्ये न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला रहनेछन् । यस अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्नुका साथै दशैं बिदा लगत्तै प्रक्रिया शुरु गर्नुपर्ने विभिन्न बैंकिङ सुविधाका लागि आवेदन दर्ता गर्न सकिने व्यहोरा समेत बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्