
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४०३ प्रतिशतले धेरै हो । संस्थाले गत वर्षको सोहि अवधिमा १० लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाले यस त्रैमाससम्ममा १ अर्ब १८ करोड ५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सार्वजनिक भएको विवरण अनुसार खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । गत वर्ष ४ करोड ४० लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस संस्थाको यो अवधिमा ३६.०५ प्रतिशतले बढेर ५ करोड ९९ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यता संस्थाको सञ्चालन नाफा पनि बढेको छ । सञ्चालन नाफा यो अवधिमा १४७२.७० प्रतिशत ले बढेर २ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको खराब कर्जा पनि २.७२ प्रतिशतबाट घटेर २.२७ प्रतिशतमा झरेको सार्वजनिक भएको वित्तिय विवरणमा उल्लेख छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको यस संस्थाको प्रातिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्