काठमाडौँ । सुनको मूल्य २ लाख रुपैयाँसम्म आउने प्रक्षेपण गरिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटका कारण नेपालमा पनि सुनको मूल्य ओरालो लाग्न थालेपछि सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँसम्म आउने प्रक्षेपण गरिएको हो ।
यसो त पछिल्लो केही सातादेखि सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार मात्र सुनको मूल्य तोलामै १२ हजार २ सय रुपैयाँले घटेको छ ।
हाल नेपाली बजारमा सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
केही समयअघि मात्र प्रतितोला ३ लाख रुपैयाँ नाघेको सुनको मूल्य ह्वात्तै घटेपछि सुनको मूल्य अझै घट्ने संकेत देखिएको छ । सुन व्यवसायीहरुलेसमेत सुन तोलाको २ लाख रुपैयाँ सम्म आउन सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्