काठमाडौं – एनएमबि लघुवित्तको १५०% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद सेयर निष्काशन गर्न संस्थाले बुक क्लोज मिति तय गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक ६ गतेसम्म मात्र कायम सेयरधनीले यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाइसकेको छ । बोर्डले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्