×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरानबाट पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

PRIME CA
GLOBAL IME BANK

धरानबाट पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ

२७ आश्विन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धरानको आचार्य लाइनबाट पेस्तोल र ठूलो परिणाममा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ घर भइ धरानमा डेरा गरेर बस्ने २३ वर्षका निरजकुमार राउत छन् ।
राउतको कोठाबाट एउटा ठूलो चाइनिज पेस्तोल, म्यागजिन, १३ राउण्ड गोलीसहित डाइलेक्स औषधि एक सय एमएलको २२५ बोतल, खैरो हेरोइन ७ ग्राम, नाइट्रोसन ६ सय ४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुललगायत बरामद भएको प्रहरीले जनाएको छ । साथै नगद ११ हजार रुपैयाँसहित लागूऔषध तौल गर्ने डिजिटल मेसिन पनि बरामद भएकाले प्रहरीले उनी लागूऔषध बिक्री गर्ने डिलर भएको आशंका गरेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: